शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकार सुशासन कायम गर्न प्रतिबद्ध छ : मन्त्री बस्नेत

शनिबार, २८ पुस २०७५, २० : ४४
शनिबार, २८ पुस २०७५

गोरखा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले वर्तमान सरकार भ्रष्टाचारको अन्त्य गरेर सुशासन कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् । 

गोरखा नगरपालिका–१० मा आज नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले भने, ‘दुई तिहाइको सरकार बन्नेबित्तिकै तत्काल सवै कुरा फेरिहाल्छ भनेर सोच्नु हुँदैन, परिवर्तनका लागि केही समय लाग्छ, धैर्य गर्न सक्नुपर्छ ।’  

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री बस्नेतले निर्वाचनका बेला गरेका प्रतिबद्धतालाई सरकारमा पुगेर नभुलेको चर्चा गर्दै पार्टीको चुनावी घोषणापत्रलाई टेकेर देशमा विकासको लहर ल्याउने धारणा व्यक्त गरे । 

‘अघिल्लोपटक बजेट ल्याउँदा कतिपय कमीकमजोरी भएका होलान्’, उनले भने, ‘प्रदेश सरकार पनि आफ्नो अधिकार क्षेत्र स्पष्ट नहुँदा केही समस्या भएकै हुन् तर आगामी आर्थिक वर्षका लागि ल्याउने बजेटमा कुनै कमीकमजोरी हुन दिने छैनौं ।’ 

मन्त्री बस्नेतले प्रदेश सरकारले सडक, बिजुली खानेपानी, शिक्षा, स्वास्थ, कृषि पर्यटनलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै आर्थिक परिवर्तनका लागि सबै लाग्नुपर्नेमा जोड दिए । 

‘हामी कृषि प्रधान देशका नागरिक हौँ तर अझै पनि हामी आफूले उत्पादन गरेर होइन, खाद्यवस्तु विदेशबाट आयात गर्छौं भनेर कसरी समृद्धिको सपना पूरा हुन सक्छ’, उनले प्रश्न गरे । 

मन्त्री बस्नेतले गण्डकी प्रदेश सरकारले व्यावसायिक खेती गर्ने कृषकका लागि विशेष अनुदानको व्यवस्था गरेको भए पनि कृषकले त्यसबाट फाइदा लिन नसकेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप