लोकन्थलीबाट चोरीको मोटरसाइकलसहित १ जना पक्राउ
आइतबार, २९ पुस २०७५, १३ : ४२
काठमाडौं– भक्तपुर प्रहरीले चोरी भएको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको छ । आइतबार बा.७२ प ५९७६ नम्बरको मोटरसाइकलसहित भक्तपुर सूर्यविनायक बस्ने सर्लाही लालबन्दी नगरपालिका–४ का १८ वर्षीय सुजन विकलाई बिहान प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीमा सवारी साधन जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको थियो । शनिबार राति सूर्यविनायक नगरपालिका–६ वाग्मती क्लब नजिकबाट हराएको राजु श्रेष्ठको उक्त मोटरसाइकल विकले जडिबुटीतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।