शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँडाघारी एरियाका अवैध भट्टीमा प्रहरी छापा

आइतबार, २९ पुस २०७५, १४ : ०८
आइतबार, २९ पुस २०७५

काठमाडौं– काठमाडौंको काँडाघारी र त्यस आसपासका क्षेत्रमा सञ्चालित अवैध मदिरा भट्टीहरुमा प्रहरीले छापा मारेको छ ।  कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित कृष्ण मन्दिर आसपासको क्षेत्र, बालुवा खानी र सुकुम्बासी वस्तीमा स्वीप अपरेशन चलाएर अवैध रुपमा विक्री वितरण भइरहेको घरेलु मदिरा र कच्चा पदार्थ नष्ट गरिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख (डिएसपी) गोविन्दराज काफ्लेले जानकारी दिए । 

‘स्वीप अपरशेनको क्रममा फेला परेको ९ हजार लिटर घरेलु मदिरा र मदिरा निर्माण कार्यमा प्रयोग हुने कच्चा पदार्थ बरामद गरेर नष्ट गरिएको छ’ डिएसपी काफ्लेले भने, ‘अवैध घरेलु मदिरा नष्ट गर्ने हामीले अभियान नै चलाएका छौं, यो अभियान जारी रहन्छ ।’ 

काँडाघारी क्षेत्रको सुकुम्बासी बस्तिमा यसअघि पनि घरेलु मदिरा निर्माण गर्ने भट्टीहरु सञ्चालन हुँदै आएका थिए ।  स्वीप अपरेशनको क्रममा फेला परेको अवैध मदिरा महानगरीय प्रहरी प्रभाग काँडाघारीको कार्यालय भवन पछिल्तिर खाल्डो खनेर स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । उक्त क्षेत्रबाट प्रहरीले अवैध मदिरा बनाउन प्रयोग हुने १ सय थान भाँडाकुँडा समेत बरामद गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप