बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

२५० ग्राम अवैध सुनसहित एकजना पक्राउ, चोरीको ३ बुद्धमूर्ति स्वयम्भूमा फेला

आइतबार, २९ पुस २०७५, १४ : ३८
आइतबार, २९ पुस २०७५

काठमाडौं– कतारबाट अबैध रुपमा त्रिभुवन विमानस्थल हुँदै पास गराईएको २५० ग्राम अवैध सुनसहित धनकुटाका समिर श्रेष्ठ पक्राउ परेका छन् ।  काठमाडौंको काँडाघारी बस्ने श्रेष्ठलाई अवैध सुनसहित पिंगला स्थानबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए । प्रहरीले उनको साथबाट ४१ हजार नगद समेत बरामद गरेको छ ।

५० ग्राम दरका ५ थान बाला बनाएर अवैध रुपमा कतारबाट सुन ल्याउने कारोबार गर्दै आएका श्रेष्ठले उताबाट सुन ल्याउने भरियालाई ६ हजार ‘खर्च’ दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

शनिवार साँझ पक्राउ परेका समिरलाई आवश्यक कारवाहीका लागी महानगरीय प्रहरी परिसर काठमाडौंले राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

यसैबीच, पुरातात्विक महत्वको ३ थान एन्टिक बुद्धको मूर्तिसहित सिन्धुलीका दिलबहादुर लो पक्राउ परेका छन् । सिन्धुली स्थायी घर भई सामाखुसी बस्दै आएका दिलबहादुरलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले स्वयम्भूस्थित भगवान पाउँबाट पक्राउ गरेको हो ।

३९ वर्षीय दिलहबादुरबाट बरामद गरिएको मूर्ति परीक्षणका लागि पुरातत्व विभाग पठाइएको काठमाडौं डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । दिलबहादुरले उक्त मूर्ति नुवाकोटबाट चोरेर ल्याएको हुनसक्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप