मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सीले चार सय गोलको कोशेढुङ्गा पूरा गर्दा बार्सिलोना विजयी

सोमबार, ३० पुस २०७५, ०९ : २०
सोमबार, ३० पुस २०७५

स्पेनिस ला लिगा खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले चार सय गोलको कोशेढुङ्गा पूरा गरेका छन् । यससँगै बार्सिलोनाले इबरलाई ३–० गोलले पराजित गरेको छ । 

घरेलु मैदानमा आइतबार राति बार्सिलोनालाई जिताउन मेस्सीसँगै लुइस स्वारेजले दुई गोल गरे । स्वारेजले खेलको १९ औँ मिनेटमा पहिलो गोल गरेका थिए । पहिलो हाफमा १–० गोलको अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा दुई गोल थपेको थियो । 

५३ औँ मिनेटमा मेस्सीले स्वारेजको पासमा गोल गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।  यससँगै मेस्सीले ला लिगामा बार्सिलोनाका लागि चार सय गोल पूरा गरे । १४ वर्षदेखि बार्सिलोनामा खेलिरहेका मेस्सीले क्लबका लागि सन् २००५ मा पहिलो गोल गरेका थिए । 

त्यसपछि ५९ औँ मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए । जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले १९ खेलबाट ४३ अंक बनाएको छ । २२ अंक बनाएको इबर १६ औँ स्थानमा छ । बार्सिलोना दोस्रो स्थानमा रहको एट्लेटिकोभन्दा पाँच अंकले अगाडि छ । 

यसैगरी ला लिगाको अर्को खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई २–१ गोलले हराउँदै चौथोँ स्थानमा उक्लिएको छ । प्रतिस्पर्धात्मक खेलमा बेटिसको मैदानमा भएको खेलमा रियलको जितमा लुका मोड्रिचले १३ औँ र डानी सेवालेसले ८८औं मिनेटमा गोल गरे । बेटिसका लागि सर्जियो कानालेसले ६७ औँ मिनेटमा एक गोल गरेका थिए । जितसँगै रियल १९ खेलबाट ३३ अंक बनाएको छ । यसअघि २६ अंक बनाएको बेटिस सातौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप