शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

७३ वर्षे उप–मेयरले ४० वर्ष कान्छीसँग विवाह गरेपछि..

सोमबार, ३० पुस २०७५, ०९ : ५८
सोमबार, ३० पुस २०७५

७३ वर्षे उप–मेयरले आफूभन्दा ४० वर्ष कान्छी प्रेमिकासँग विवाह गरेपछि स्थानीय चकित परेका छन् ।

क्याम्ब्रिजसायरको मार्चका उप–प्रमुख किट ओवेनले आफ्नी फिलिपिनो बेहुली आइजालाई अनलाइनमा भेटेको जानकारी दिएका छन् ।

यो जोडीले दुई वर्षको डेटिङपश्चात् गत शुक्रबार विवाह गरेका हुन् । ओवेनले श्रीमतीको उमेर ठ्याक्कै त बताएनन् तर उनी आफ्नो तीसौं वर्षमा भएको जानकारी भने दिएका छन् ।

उनले भने, ‘फेस टाइम र ह्वाट्सएपमा हामीबीच उत्कृष्ट सम्बन्ध रह्यो त्यसकारण मैले अब हामीले एक अर्कालाई भेट्नै पर्छ भन्ने सोच बनाएँ ।’

एक वर्षसम्म इन्टरनेटमा डेटिङपश्चात् किट आइजालाई भेट्न फिलिपिन्स गए जहाँ उनले उनका साथी र आफन्तसँग समय बिताए ।

आइजालाई कसरी प्रस्ताव राखेको ठ्याक्कै थाहा नभएपनि आफूहरु एक–अर्कासँग निकै खुसी भएको उनले बताए ।

यो जोडीको किटको गृह नगरमा विवाह भएको हो । किट  क्याम्ब्रिजसायरको मार्चका पाँच पटकका मेयर हुन् ।

यी दुईको विवाहमा १० जनालाई मात्र निम्तो दिइएको डेली मेलले बताएको छ ।

उनले भने, ‘हामीले सँगै खाना खायौं । पेय पदार्थको व्यवस्था पनि थियो तर नाच्ने गाउनेलगायतका क्रियाकलाप भने भएनन् ।’

सन् २००८ मा उनकी श्रीमती बिभर्ली ओवनले मृत्यु भएको थियो । उनीबाट उनका दुई सन्तान लिजा र जोनथन छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप