नाडाल र सारापोभा दोस्रो चरणमा
सोमबार, ३० पुस २०७५, १२ : २९
एजेन्सी । स्पेनिस स्टार राफेल नाडाल र रुसी टेनिस सुन्दरी मारिया सारापोभा बर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता ‘अस्ट्रेलियन ओपन’ को दोस्रो चरणमा प्रवेश गरेका छन् ।
अस्ट्रेलियामा सोमबार देखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ दोस्रो बरियताका नाडालले अस्ट्रेलियाका जेम्स डकवर्थलाई ६–४, ६–३, ७–५ को सेटमा हराए ।
१७ पटक ग्रान्डस्लाम विजेता नाडाल र जेम्सबीचको खेल निकै रोचक बनेको थियो ।
यसैगरी महिला एकलमा हाल ३० औँ वरीयताकी पूर्वनम्बर एक खेलाडी सारापोभाले एक सय ३२औं बरियताकी बेलायती खेलाडी ह्यारिट डार्टमाथि सहज जित निकालिन् ।
३१ वर्षीया सारापोभाले २२ बर्षीया ह्यारिटलाई ६–०, ६–० को सोझो सेटमा हराइन् ।