शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तामाकोशीको आजको सेयर कारोबार रद्द

सोमबार, ३० पुस २०७५, १२ : ४५
सोमबार, ३० पुस २०७५

काठमाडौँ – नेपाल स्टक एक्सचेन्जले तामाकोशीको आजको सेयर कारोबार रद्द गर्ने निर्णय गरेको छ  ।

तामाकोशीको सेयर मूल्य एकैपटक ५० प्रतिशतले बढेर ३३६ पुगेको थियो । सामान्यतयः कुनै पनि कम्पनीको भाउ १ दिनमा १० प्रतिशत भन्दा तलमाथि गर्न पाउँदैन् । यसकारण नेप्सेले सोमबारका लागि कारोबार रद्द गरेको जनाएको छ ।

१० प्रतिशतको रेन्जमा रहेर कारोबार भएकोलाई मान्यता दिइने नेप्सेका प्रवक्ता मुरारी पराजुलीले बताए । तर आजलाई भने (बाँकी रहेको समय) कारोबार हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप