बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

९० को दशकका ५ अभिनेत्री, अझै छन् हट एण्ड क्युट

सोमबार, ३० पुस २०७५, १५ : ५०
सोमबार, ३० पुस २०७५

मुम्बई–९० को दशक बलिउड उद्योगका लागि निकै खास रह्यो । यही समयबाट बलिउडमा पारम्पारिक फिल्म निर्माण शैली परिवर्तन भयो । यो समय बलिउडमा कयौं यस्ता अभिनेता अभिनेत्री भित्रिए । 
जसले दर्शकका लागि नयाँ फ्लेवरको स्वाद दिए । यो समय भित्रिएका कलाकारमध्ये केही सफताको उचाईमा पुग्न समेत सफल देखिए । 

तीमध्ये केही त अहिले पनि बलिउडमा राज गर्न सफल छन् । सो समयका केही अभिनेत्रीको चर्चा आज यहाँ गर्न खोजिएको छ । जो सुन्दरताका कारण आज पनि करोडौको दिलमा राज गर्न सफल छन् ।

रविना टन्डन
‘तु चीज बडि है मस्त मस्त’ गीतमा समेत डान्स गरेकी अभिनेत्री रविनाका ९० दशकमा आएका धेरै बलिउड फिल्म हिट छन् । यो समय अक्षयकुमार, गोविन्दा, सुनिल सेट्टी, अजय देवगन जस्ता अभिनेतासँग उनको सो समय जोडी निकै जमेको थियो । उनले सन् १९९१ मा निर्माण भएको फिल्म ‘पत्थर के फूल’ बाट अभिनयमा डेब्यु गरेकी थिइन् ।

करिब १०० फिल्ममा काम गरेकी उनी पछिल्लो समय फिल्मी दुनियाँ भन्दा टाढा रहेकी छन् । उनी अहिले निकै सुन्दर देखिन्छिन् ।

करिश्मा कपुर 

करिश्मा बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री मध्यकी एक हुन् । १९९२ मा निर्माण भएको फिल्म ‘प्रेम कैदी’ बाट उनले फिल्मी करियर सुरु गरेकी थिइन् । अभिनय करियरमा उनले एक राष्ट्रिय र ४ फिल्म फेयर पुरस्कार समेत हात पारेकी छन् । तर विवाहपछि उनी बलिउड फिल्म अभिनयबाट टाढा रहेकी छन् ।

जुही चावला 

पूर्व मिस इन्डिया तथा बलिउड अभिनेत्री जुहीले १९८६ मा फिल्म अभिनय डेब्यु गरेकी हुन् । तर १९८८ मा आएको फिल्म ‘कयामत से कयामत तक’ बाट भने उनी हिट अभिनेत्री बनिन् । उनले बलिउडमा कयौ हिट फिल्म दिएकी छन् । 

काजोल  

कजोलले पनि ९० दशकमै फिल्म यात्रा सुरु गरेकी हुन् । उनको पहिलो फिल्म ‘बाजिगर’ हो । फिल्ममा काजोल अभिनेता शाहरुखको जोडी बनेकी थिइन् । उनको यो फिल्मले सो समय बलिउडमा रहेको केही रेकर्ड समेत ब्रेक गरेको थियो । काजोलको अहिलेसम्म कुनै फिल्म फ्लप भएको छैन ।

माधुरी दीक्षित  

९० दशककी धक धक गर्ल माधुरी बलिउडकी सबैभन्दा सफल अभिनेत्री हुन् । १९८४ मा बनेको फिल्म ‘अवोध’ बाट उनले अभिनय करियर सुरुवात गरेकी हुन् । अभिनेत्री माधुरी हिट भने अनिलकपुरसँग अभिनय गरेको फिल्म ‘तेजाव’बाट भएकी थिइन् । उनको सौन्दर्यताका अगाडि अहिले पनि धेरै अभिनेत्री फिक्का देखिन्छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप