प्रदेश २ मा माघे संक्रान्ति पर्वको बिदा
सोमबार, ३० पुस २०७५, १६ : २४
जनकपुर । माघे संक्रान्ति पर्वमा प्रदेश नम्बर २ सरकारले माघ १ गते सार्वजनिक बिदाको घोषणा गरेको छ ।
प्रदेश नम्बर २ को सोमबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको बैठकले माघे संक्रान्तिको अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आज बसेको मन्त्रिपरिषदको बैठकले माघे संक्रान्तिको अवसरमा माघ १ गते प्रदेश २ मा सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
जातीय तथा धार्मिक सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा यस मकर संक्रान्ति पर्व तथा माघी पर्वलाई विभिन्न समुदायले आफ्नो मुख्य पर्वका रूपमा हर्षोल्लासपूर्वक धूमधामले मनाउने उद्देश्यले सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान