मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध लागूऔषधसहित ३ जना पक्राउ

सोमबार, ३० पुस २०७५, १७ : २५
सोमबार, ३० पुस २०७५

काठमाडौं । प्रहरीले काठमाडौं र पर्साबाट अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ चिवाहाल बस्ने ३१ वर्षीय नरेन्द्र प्रजापति,  ४२ वर्षीय तेन्जीङ नोर्वु लामा र ४० वर्षीय बिमल रोक्का रहेका छन् । 

प्रजापतिलाई नियन्त्रित लागूऔषध डाईजेपाम २८ एम्पुल, बुप्रेनोर्फिन २९ एम्पुल र फेनारगन ४० एम्पुलसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ र  

यसैगरी तेन्जीङ नोर्वु लामालाई लागूऔषध एम्फेटामाईन ५ ग्रामसहित आइतबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

यता पर्सा वीरगञ्ज महानगरपालिका–१६ बसपार्कस्थित सडकबाट रोक्कालाई नियन्त्रित लागूऔषध फेनारगन ३३ एम्पुल, नुर्फिन ३३ एम्पुल र डाईजेपाम ३३ एम्पुल सहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी चौकी बसपार्क पर्साबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा भारत रक्सौलबाट वीरगञ्जतर्फ पैदल हिँडी आउँदै गरेका रोक्कालाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।     
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप