शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतले दिँदैछ ६२ कर्मचारीलाई दिल्लीमा तालिम

सोमबार, ३० पुस २०७५, २० : ००
सोमबार, ३० पुस २०७५

काठमाडौं– भारत सरकारले अर्थ मन्त्रालयका ६२ जना कर्मचारीलाई तालिम दिन थालेको छ । भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम अन्तर्गत अर्थ मन्त्रालयका ६२ कर्मचारीहरुलाई विश्व परिपेक्ष्यमा आर्थिक व्यवस्थापनको विषयमा विशेष तालिम दिन लागेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

अर्थ मन्त्रालयले भारत सरकारलाई नेपाल–भारत आर्थिक सहकार्य कार्यक्रम अन्तर्गत कर्मचारीलाई तालिम दिनुपर्ने माग गरेपछि सो तालिम दिएको बताइएको छ । अर्थ मन्त्रालयको आवश्यकता अनुरुप तयार पारिएको यो कार्यक्रम इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्समा भइरहेको छ ।

यस तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण÷अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरीक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयहरुमा क्षमता अभिवृद्धि गर्ने विश्वास लिएको छ । यो तालिम ३  व्याचमा सञ्चालन गरिनेछ । प्रथम व्याचका २० नेपाली कर्मचारीहरुहरुले तालिम लिइरहेका छन् ।

तालिम दिने संस्थान भारत सरकारको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत मित्र राष्ट्रहरुका कर्मचारीहरुलाई तालिम प्रदान गर्ने साझेदार संस्था हो । विश्वव्यापी कार्यक्रमका अतिरिक्त फाइनान्सले छिमेकी राष्ट्रहरु अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स तथा श्रीलंकाका कर्मचारीहरुलाई विशेष तालिम प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप