शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीको मृत्यु

सोमबार, ३० पुस २०७५, २० : १९
सोमबार, ३० पुस २०७५

सप्तरी । सप्तरीको विष्णपुर गाउँपालिकास्थित निर्माणाधीन कुनौली–राजविराज सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी घाइते एक सशस्त्र प्रहरीको आज मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते राजविराज नगरपालिका–१६ बोरिया निवासी देवचन्द्र यादवका छोरा ३० वर्षीय सरोज यादवको उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक खेम थापाले जानकारी दिए । 

राजविराजमा उपचार हुन नसकेपछि गए राति उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । 

सशस्त्र प्रहरी बल बेस क्याम्प पातोमा कार्यरत यादव सवार को।४प १७७ नंको मोटरसाइकल गए राति साढे ७ बजे निर्माणाधीन कुनौली–राजविराज सडकखण्डमा निर्माण भइरहेको कल्भर्ट पुलमा ठोक्किएको थियो । अधरो पुलको फलामे छड उनको छातीमा रोपिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप