मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

हजारौँको अगाडी मेयरको हत्या

सोमबार, ३० पुस २०७५, २० : ४१
सोमबार, ३० पुस २०७५

वार्सवा । पोल्याण्डको बन्दरगाह सहर गडाङ्कका मेयरको सोमबार हत्या भएको छ । 

परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरुको अगाडी धारिलो हतियार प्रहार गरी उनको हत्या भएको स्थानीय सञ्चार माध्यमहरले जनाएका छन् । 

‘उहाँलाई बचाउने हाम्रो सबै प्रयास असफल भयो,’ गड्ङ्क विश्वविद्यालय अस्पतालका निर्देशक डा. टोमाज स्टेफनिकले भने । 

मेयर पावेल अडमोविजको हत्यापछि देशभरी हिंसाका विरुद्धमा प्रदर्शन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप