ताईवानका ९० प्रतिशत जागिरे रोजगारी परिवर्तन गर्न चाहन्छन् : अध्ययन
ताईपेइ । ताईवानका ९० प्रतिशत जागिरेहरूले आफूले गरिरहेको जागिर परिवर्तन गर्न चाहेको पाइएको छ ।
ताइवानको अनलाईन जब बैंकले गरेको एक सर्वेक्षणमा सहभागी मध्ये ९० प्रतिशतले तलब थोरै भएकाले जागिर परिवर्तन गर्न चाहेको बताएका हुन् ।
उनीहरुले चिनियाँ नयाँ बर्षपछि जागिर परिवर्तन गर्न चाहेने गरेको पनि सोमबार सार्वजनिक भएको अध्ययनले देखाएको छ ।
ताइवानमा झण्डै नौ लाख जना जागिरेहरु रहेको अनुमान गरिएको छ । उनीहरु बढीमा दश बर्ष मात्रै खुशीका साथ काम गर्न सक्ने देखिएको छ ।
जागिर परिवर्तन गर्न चाहने मध्ये ५५ प्रतिशतले तलबमा चित्त नबुझेकाले जागिर परिवर्तन गर्न चाहेको बताएका थिए ।
त्यसैगरी कल्याणकारी सुविधा नभएको, स्तरोन्नतीको संभावना नभएको र रोजगारदाताप्रतिको उदासीनताका कारण जागिर परिवर्तन गर्न चाहनेहरुको सङ्ख्या पनि धेरै रहेको पाइएको छ ।
अध्ययनमा सहभागी मध्ये ६५ प्रतिशतले पहिले देखि नै नयाँ जागिरका लागि खोजी गरिरहेको बताएका छन् ।
अध्ययन प्रतिवेदनका अनुसार ८५ प्रतिशतले ताईवानभन्दा बाहिर धेरै तलब पाईने सुरक्षित जागिर खोजिरहेको जवाफ दिएका छन् ।
गत डिसेम्बरदेखि यही जनवरी ४ तारिखसम्म गरिएको सर्वेक्षणमा ९१२ कम्पनीका एक हजार २०४ जनाले उत्तर दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल