शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुबईका शासककी हराइरहेकी छोरी सुम्पिएपछि भारतले पायो मिशेलः बेलायती पत्रिकाको दाबी

मङ्गलबार, ०१ माघ २०७५, ०८ : १४
मङ्गलबार, ०१ माघ २०७५

अगस्टा भ्यालेन्टाइन हेलिकोप्टर सम्झौताका आरोपी क्रिश्चिय मिशेलको प्रत्यर्पणको बदलामा भारतले संयुक्त अरब इमिरेट्सका शासकलाई उनकी छोरी सुम्पिएको खुलासा भएको छ ।

राजकुमारी लतिफा केही महिनाअघि दुबईबाट समुन्द्री बाटो हुँदै भागेकी थिइन् तर भारतीय नौसेनाले आफ्नो समुन्द्री क्षेत्रबाट गुज्रिरहेका बेला उनलाई पक्राउ गरेको थियो । बेलायती पत्रिका द सन्डे टेलिग्राफको रिपोर्टमा यो दाबी गरिएको छ ।

मार्चमा अन्तिम पटक देखिएकी थिइन् राजकुमारीः

रिपोर्टका अनुसार राजकुमारी लतिफा र उनकी साथी टिना जोहिनानेन गत वर्ष फ्रेन्च इन्टेलिजेन्सको जासुसको मद्दतमा जहाजमा भागेकी थिइन् । यसका लागि उनीहरुले आफ्नो भेष बदलेका थिए । राजकुमारी लतिफा मनोरोगी हुन् र उनलाई औषधीको भारी डोज दिइन्छ भन्ने दाबीसमेत गरिएको छ । उनलाई अन्तिम पटक मार्च ५ मा एक जहाजमा भारतीय नौसेनाका अधिकारीसँग देखिएको पनि दाबी गरिएको छ ।

टेलिग्राफले आफ्नो रिपोर्टमा नयाँ दिल्ली, युरोपेली र एशियाली सूत्रको हवाला दिँदै यो ‘डिल’का लागि भारतको तर्फबाट पहल गरिएको थियो । मिशेलको कानूनी समूहका एक सदस्यले पनि यसको आशंका जताएका छन् ।

सुनको पिँजडाकी चरी : दुबईकी राजकुमारीको ‘आजादी’ को इच्छा

आपराधिक षड्यन्त्रको आरोपः

मिशेलमाथि हेलिकोप्टर सम्झौतामा आपराधिक षड्यन्त्रको आरोप लागेको थियो । यसमा पूर्व वायुसेना प्रमुख एसपी त्यागी, उनका परिवारका सदस्य र अधिकारीको नाम पनि समावेश छ । अधिकारीले आफ्नो पदको गलत प्रयोग गरेर भिभिआइपी हेलिकोप्टरको सर्भिस सिलिङ (निकै माथिसम्म उडान भर्ने क्षमता) तय सीमा ६ हजार मिटरबाट कम गराएर चार हजार पाँच सय मिटर गराइएको पनि बताइन्छ । सिलिङ कम भएपछि ५५६.२६२ मिलियन युरोको हेलिकोप्टर कन्ट्र्याक्टमा सहमती बनेको थियो । यसका लागि रक्षा मन्त्रालय (यूपीए–२) ले सन् २०१० फेब्रुअरी ८ मा १२ भिभिआइपी हेलिकोप्टरका लागि पैसा दिएको थियो ।

थुप्रै वर्षदेखि हराइरहेकी दुबईकी राजकुमारीको ताजा तस्बिर सार्वजनिक, के जबर्जस्ती ल्याइयो ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप