इमरान हाशमीका छोरा पाँच वर्षपछि क्यान्सरमुक्तः भन्छन्, ‘तपाईंले पनि जित्न सक्नुहुन्छ’
बलिउड नायक इमरान हाशमीका लागि सोमबारको दिन निकै विशेष रह्यो । उनका ९ वर्षका छोरा अयानले क्यान्सरसँगको युद्ध जितेका छन् । पाँच वर्षपछि डाक्टरले अयानलाई पूर्ण रुपमा क्यान्सरमुक्त बताएका छन् । इमरानले इन्स्टाग्राममा छोरासँगको एउटा फोटो सेयर गरेर यसबारे जानकारी दिएका छन् ।
इमरानले प्रशंसकलाई दिए धन्यवादः
फोटोसँगै इमरानले क्याप्सन लेखे, ‘रोग पत्ता लागेको पाँच वर्षपछि आज अयानलाई डाक्टरले क्यान्सरमुक्त घोषणा गरेका छन् । यो लामो यात्रा थियो । तपाईं सबैको प्रार्थनाको लागि धन्यवाद ।’
उनले थपे, ‘क्यान्सरसँग लडिरहेका सबै मानिसहरुका लागि मेरो प्रेम र शुभकामना । आशा र विश्वास राखिराख्नुहोस् । तपाईंले यो जीत जित्न सक्नुहुन्छ ।’
चकित भएका थिए इमरानः
अयानको जन्म सन् २०१० मा भएको थियो । अयान इमरान र उनकी श्रीमती परवीन शाहनीका जेठो सन्तान हुन् । अयान चार वर्षको हुँदा इमरानलाई छोराको क्यान्सरबारे पत्ता लाग्यो । अयानलाई पहिलो स्टेजको क्यान्सर थियो । छोराको क्यान्सरबारे थाहा पाएका बेला उनले आफैंलाई प्रश्न सोधेका थिए, ‘कहाँनेर गल्ती भयो ?’
इमरानले लेखे किताबः
त्यसपछि क्यान्सरबारे मानिसहरुलाई जागरुक गराउने र आफ्नो कहानीबारे बताउने उद्देश्यले उनले एक किताब द किस अफ लाइफः हाउ अ सुपरहिरो एन्ड माय सन डिफेक्टेड क्यान्सर लेखे । यसमा उनले अयानको जन्म, उनको क्यान्सर र उपचारबारे लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी