शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी १५ महिला जसले संसार परिवर्तन गर्न आँट गरे

मङ्गलबार, ०१ माघ २०७५, १३ : ४५
मङ्गलबार, ०१ माघ २०७५

विभिन्न अनुसन्धानले महिला निकै साहसी हुने पुष्टि गरिसकेको छ । गर्भभित्र चाँडै परिपक्व हुने, महामरी र अनिकालमा पनि पुरुषको तुलनामा बढी बाँच्ने, आइक्यू टेस्टमा पुरुषलाई जित्ने क्षमता महिलामा हुन्छ । र यो डाटामा मात्र सिमित छैन । यस्ता दर्जनौं उदाहरण छन् जसले हामीलाई प्रेरणा दिनसक्छ ।

ब्राइट साइडले यस्ता महिलाबारे जानकारी दिएको छ जसले संसार परिवर्तन गर्ने आँट गरे ।

१. क्याथरिन स्विट्जर बस्टन म्याराथनमा दौडने पहिलो महिला हुन् । आयोजकका प्रतिनिधीलाई उनलाई रोक्न खोजेका हुन् ।

२. इरिना रोडनिनाले ओलम्पिक खेलमा तीनपटक र विश्व च्याम्पियनमा १० पटक जीत हाँसिल गरेर सबैभन्दा सफल पेयर स्केटरको उपाधि प्राप्त गरिन् । वाल्यकालमा उनलाई ११ पटक निमोनिया भएको थियो ।

३. लेला लोम्बार्डीले फर्मुला वान वर्ल्ड च्याम्पियनमा पोइन्ट स्कोर गर्ने एक्ली महिला हुन् ।

४. के डी’आर्कीले जीवनभरी नर्सको रुपमा काम गरिन् । ६९ वर्षको उमेरमा उनले हलिउडमा जाने सपना साकार गर्ने सोच बनाइन् । उनलाई त्यसको १० वर्षपछि एजेन्ट ८८ सिरिजमा मुख्य भूमिकाका लागि अफर गरियो ।

५. स्मारान्दा ब्रास्कु ‘एभिएशन र प्यारासुटिङ पायोनियर’ हुन् । प्यारासुटिङ लाइसेन्स प्राप्त गर्ने उनी संसारकै पहिलो महिला हुन् ।

६. लाउरा बासी विश्वविद्यालयमा पढाउन अनुमती पाउने पहिलो महिला हुन् ।

७. जुली क्रेफिल्डलाई अत्यधिक मोटी बताउँदै दौडन अनुमती दिइएको थिएन । अहिले उनी म्याराथन रनर, राइटर र मोटिभेसनल स्पिकर हुन् ।

८. सोफिया कोभालेभ्स्काया गणितकी अग्रणी महिला हुन् । विदेश यात्रा र विश्वविद्यालयमा पढ्न पाउनका लागि उनले नक्कली विवाह गरिन् ।

९. श्रीमानसँग सम्बन्धविच्छेद भएकी तीन सन्तानकी आमा जोय म्यानगानोले सय बढी आविष्कार गरेकी छिन् । यीमध्ये एक हो ‘मिराकल मप’ । उनको जीवनीमा फिल्म नै बनाइयो ‘जोय’ जसमा जेनिफर लरेन्सले उनको भूमिका निभाएकी थिइन् ।

१०. रुबी ब्रिजेज गोराहरुको स्कूलमा पढ्ने पहिलो अफ्रिकी–अमेरिकी बालिका हुन् । उनलाई युएस मार्सलले सुरक्षा प्रदान गर्दथे ।

११. सोफिया अमोरुसोले नास्टी गल नामक अनलाइन फेसन रिटेलर खडा गरेर सन् २०१६ मा संसारको सबैभन्दा धनी महिलाको रुपमा स्थापित भइन् । उनको जीवनीमा पनि टिभी सिरिज नै बनाइयो । बाल्यकालमा उनलाई एडीएचडी र डिप्रेशन देखिएको थियो ।

१२. एलिजाबेथ ब्ल्याकवेल अमेरिकामा मेडिकल डिग्री प्राप्त गर्ने पहिलो महिला हुन् ।

१३. एनी स्मिथ पेक, अमेरिकी अल्पाइन क्लबका संस्थापक सदस्य हुन् । उनले ८२ वर्षको उमेरमा पनि पर्वतारोहण गरिन् । सन् १८९५ मा उनले पर्वतारोहणको क्रममा लगाउने पहिरन बारे विवाद भएको थियो किनभने महिलाले त्यतिबेला ट्राउजर लगाउन पाइँदैनथ्यो ।

१४. नेली ब्लाई फिग्नेडले महिला मानसिक अस्पतालमा १० दिनसम्म बसेर त्यहाँ गरिने अमानवीय व्यवहारबारे किताब लेखेकी थिइन् । उनले ७२ दिनमा विश्व भ्रमण गरेकी थिइन् ।

१५. रोसा पार्कस् अमेरिकाकी नागरिक अधिकार आन्दोलनकी अभियन्ता हुन् । उनलाई गोराका लागि सिट नछोडेको भन्दै पक्राउ गरिएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप