शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेइजिङमा श्रेष्ठको फोटो प्रदर्शनी

मङ्गलबार, ०१ माघ २०७५, १७ : ५८
मङ्गलबार, ०१ माघ २०७५

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासमा एकल तस्बीर प्रदर्शनी आयोजना गरिएको छ । 

बेइजिङ इन्टरनेशनल चाइनिज कलेजको आयोजना तथा काठमाडौँ कलङ्कीस्थित एलआरआई स्कुलको संयोजनमा भएको चिनीयाँ भाषा प्रशिक्षण कार्यक्रममा सहभागी हुन चीन पुगेका उनले यसरी फोटो प्रदर्शनी गरेका हुन् । प्रदर्शनीमा तीन दर्जन तस्बीर समावेश गरिएको छ । 

प्रदर्शनी अवलोकन गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले यस्ता गतिविधिले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे । 

उनले प्रदर्शनमा रहेका तस्बीरहरू दूतावासमा रहने जानकारी दिँदै अन्यत्रसमेत प्रदर्शनी गरेर दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउने बताए । सो क्रममा दुतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालले नेपाली तस्बीर प्रदर्शनी हुनु गौरवको कुरा भएको उल्लेख गरे । 

चीनमा श्रेष्ठको योे दोस्रो फोटो प्रदर्शनी हो । यसअघि गएको वैशाखमा पनि बेइजिङमै उनको फोटो प्रदर्शनी भएको थियो । प्रदर्शनीमा नेपालका ऐतिहासिक सम्पदा, पर्यटकीय स्थल, विभिन्न जातजातिका नृत्य तथा विशिष्ट व्यक्तिहरुको फोटो राखिएको छ । 

फोटो प्रदर्शनीले चिनियाँ जनतालाई नेपाल र नेपाली संस्कृति बुझ्न सहयोग पु¥याएकाले नेपालको पर्यटन प्रवद्र्धन हुने विश्वास लिइएको भ्रमण टोलीका संयोजक सन्तु महर्जन शर्माले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप