शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टुँडिखेलमा मगर सुन्दरीहरु, यसरी मनाए मकर संक्रान्ति (फोटोफिचर)

मङ्गलबार, ०१ माघ २०७५, १८ : ४९
मङ्गलबार, ०१ माघ २०७५

काठमाडौंँ ।  काठमाडौँमा बसोबास गर्ने मगर समुदायले हर्षोल्लासका साथ मकर संक्रान्ति मनाएका छन् । मगर समुदायले मङ्गलबार काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मकर संक्रान्ति मनाएका हुन् । 

मकर संक्रान्ति मनाउन मगर समुदायका युवायुवती आफ्नो जातीय भेषभुषामा सजिएर मङ्गलबार अपरान्ह र्यालीसहित टुँडिखेल पुगेका थिए ।  बुलाकी, झुम्का र शिरमा शिरबिन्दी लगाएर अनि गन्यू र चोलोमा सजिएका युवतीहरु टुँडिखेलमा देखिन्थे । 

विशेषगरी मगर र थारु समुदायले मनाउने माघी पर्वलाई मध्यनजर गर्दै सरकारले २०६४ सालमा माघीलाई राष्ट्रिय पर्व घोषणा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप