शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साँग्रिला डेभलपमेन्ट बैंकका नव नियुक्त अध्यक्ष अच्युुत प्रसाद प्रसाइद्वारा शपथ ग्रहण

मङ्गलबार, ०१ माघ २०७५, १९ : १४
मङ्गलबार, ०१ माघ २०७५

काठमाडौं–सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष अच्युुत प्रसाद प्रसाईले शपथ ग्रहण गरेका छन् ।

बैंकको चौंधौ बार्षिक साधारण सभाबाट संस्थापक तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ /३ जना गरि जम्मा ६ जना र्निविरोध निर्वाचित संचालकहरु मध्ये सोही दिन बसेको नव निर्वाचित संचालकहरुको २२४ औ बैंठकले सर्वसम्मत रुपमा प्रसाईलाई  अध्यक्षमा चयन गरेको थियो ।

नेपाल राष्ट्र बैंक, बैंक तथा बित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलको उपस्थितीमा नेपाल राष्ट्र बैंकका डेपुुटी गभर्नर चिन्तामणी शिवाकोटी समक्ष पद तथा गोपनीयताको शपथ लिए ।

बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन २०७३ लागुु भएपछि ऐनमा बैंक तथा बित्तीय संस्थाका अध्यक्षले निर्वाचित भएसंगै तोकीएको ढांचामा नेपाल राष्ट्र बैंक समक्ष शपथ लिनुु पर्ने ब्यवस्था बमोजिम प्रसाईले शपथ लिएका हुन  ।

बैंकले आ.ब. २०७५÷७६ को दोस्रो त्रैमासमा १८ करोड ५० लाख निक्षेप संकलन तथा १६ करोड ७५ लाख कर्जा प्रवाह गरि करिब २९ करोड ५० लाख संचालन मुुनाफा आर्जन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप