बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

साम्बाला होटलबाट पाँचजना सेनेगल नागरिक पक्राउ

मङ्गलबार, ०१ माघ २०७५, १९ : ३६
मङ्गलबार, ०१ माघ २०७५

काठमाडौँ । प्रहरीले शङ्कास्पद वस्तुसहित पाँच सेनेगल नागरिकलाई काठमाडौँबाट पक्राउ गरेको छ । 

विभिन्न वनस्पति औषधि, नक्कली कपाल ३० थान, सिद्रा माछा चार पोका, खरायोको सुकुटी, वनस्पति झार दुई पोका र पीठो दुई पोकासहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा सेनेगल नागरिक ३६ वर्षीय गेया मामाजु, ३४ वर्षीय सेला मोहमद र ३२ वर्षीय सिद्दे सोलेलगायत छन् । 

उनीहरुलाई महाराजगञ्जस्थित साम्बाला होटलबाट नियन्त्रणमा लिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप