बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अस्ट्रेलियाली प्रधानमन्त्री प्रशान्त क्षेत्रका राष्ट्रको भ्रमणमा

मङ्गलबार, ०१ माघ २०७५, २० : १७
मङ्गलबार, ०१ माघ २०७५

सिड्नी । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले प्रशान्त महासागरीय केही राष्ट्रको भ्रमण शुरु गरेका छन् । प्रशान्त महासागरीय राष्ट्रहरुमा चीनको प्रभाव बढिरहेको सन्दर्भमा प्रधानमन्त्री मरिसनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

एक दशकमा भानुआतुको भ्रमण गर्ने अस्ट्रेलियाली प्रधानमन्त्री मरिसन पहिलो भएका छन् । फिजीको भ्रमण गर्ने उनी पहिलो अस्ट्रेलियाली प्रधानमन्त्री हो । उनले शुक्रबार फिजीमा महत्वपूर्ण सम्बोधन गर्ने अपेक्षा गरिएको छ । 

चिनीया प्रभाव बढेको तथा विस्तारै सैनिकीकरणतर्फ उन्मुख भएका प्रशान्त महासागरीय राष्ट्रहरुमा प्रधानमन्त्री मरिसनको सरकारले ऐतिहासिक महत्वपूर्ण जिम्मेवारी वहन गर्ने अपेक्षा गरिएको छ । 

अन्तर्राष्ट्रिय विकास तथा प्रशान्त क्षेत्रसम्बन्धी सहायक मन्त्री आन रुस्टनले प्रधानमन्त्रीको भ्रमण खासगरी सुरक्षा, आर्थिक तथा सांस्कृतिक साझेदारीमा केन्द्रित हुने बताए । 

अस्ट्रेलिया हालसम्म यी देशहरुको सबैभन्दा ठूलो व्यापार साझेदार तथा सहयोगी मुलुक हो । न्यूजील्यान्डले पनि यी देशलाई ठूलो आर्थिक सहयोग उपलब्ध गराएको छ । तर, चीनको दाँजोमा दुबै देशको प्रभाव पछिल्ला वर्षहरुमा अत्यन्त कमजोर छ । 

अस्ट्रेलियाले पपुआ न्यूगिनीमा नयाँ सैनिक अखडा निर्माण गर्दैछ । भानुआतुमा पनि अस्ट्रेलियाको सहयोगमा प्रहरी तालिम कलेज स्थापना हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप