बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति मोहनविक्रमको चिन्ता

मङ्गलबार, ०१ माघ २०७५, २० : ४८
मङ्गलबार, ०१ माघ २०७५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले डा. गोविन्द केसीको अनसन र उनको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति गम्भीर चिन्ता प्रकट गरेका छन् ।

महामन्त्री सिंहले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै सरकारले डा.केसीको १५ औं अनसनका बेला गरेको सम्झौता अनुसार विधेयक नल्याउनु दुःखको कुरा भएको बताएका छन् ।

‘स्वास्थ्य शिक्षा समितिले संसदमा प्रस्तुत गरेको विधेयकमा डा. केसीसँग भएको सम्झौतालाई कार्यान्वयन गर्ने प्रयत्न गरिएको छैन । त्यसमा हाम्रो पार्टीले विरोध गर्दछ र उहाँसित भएको सम्झौता अनुसार विधेयकलाई पारित गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ’ सिंहले भनेका छन् ।

तर डा. केसीले अहिलेको अनसनमा निर्मला हत्या प्रकरण तथा सशस्त्र द्वन्द्वको बेलाका जघन्य अपराध तथा द्वन्द्वपीडितका समस्याहरूलाई पनि सामेल गरेर अहिलेसम्म चलाउँदै आएको शिक्षा र स्वास्थ्यसम्बन्धी सङ्घर्षको अभियान कमजोर हुने मसालको ठहर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप