शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थाइल्याण्डः प्रदुषणबाट पार पाउने तयारी, विमानले बनाउनेछन् वर्षा गराउने बादल

बुधबार, ०२ माघ २०७५, १० : ००
बुधबार, ०२ माघ २०७५

थाइल्याण्डमा प्रदुषणको स्तर निकै बढिसकेको छ । त्यसकारण त्यहाँको सरकार बादल बनाउने विमान तैनाथ गर्नेबारे सोचिरहेका छन् । यसमार्फत् कृत्रिम वर्षा गराउन सकिने र हावा सफा गर्न सकिने बताइएको छ । यसले बादललाई एकत्रित गर्नका लागि हावामा रसायन पनि फैलाउनसमेत सहयोग गर्नेछ । यस्तै, दक्षिण कोरियामा प्रद्षणको स्तर कम गर्नका लागि आपतकालीन नियम लागु गरिएको छ ।

वर्षा कहिले गराउने, त्यो मौसममा निर्भर हुनेछः

थाइल्याण्डका प्रदुषण नियन्त्रण विभागका डेप्युटी जनरल प्रालोंग दुमरोंगथाईले वर्षा कहिले गराउने, यो हावा र हावाको आद्रताको स्तरमा निर्भर हुने बताए । उनी भन्छन्, ‘कृत्रिम वर्षा गराउनका लागि रोयल रेनमेकिङ एण्ड एग्रिकल्चरल एविएशनको मद्दत लिइनेछ । ’

बैंककमा पछिल्लो दुई महिनादेखि प्रदुषणको स्तर निकै बढेको छ । इन्भारोन्मेन्ट ग्रुप ग्रिनपिसका अनुसार बैंकक संसारका १० सबैभन्दा प्रदुषित शहरमा समावेश छ ।

त्यहाँका जनतालाई मास्क लगाएर बाहिर निस्कन आग्रह गरिएको छ ।

प्रदुषण मापन गर्ने एक संस्था एयर विजुअलका अनुसार बैंककमा सोमबार  प्रदुषण १५६ एक्युआई (एयर क्वालिटी इन्डेक्ट) पाइयो । हावामा प्रदुषणको यो स्तर स्वास्थ्यका लागि खतरनाक मानिन्छ । हालै बैंककमा पिएम २.५ कणको स्तर रेकर्ड १०२ माइक्रोग्राम्स÷क्यूबिक मिटर (एमसीएम) दर्ता गरिएको थियो ।

प्रदुषण नियन्त्रण बोर्डका महानिर्देशक भन्छन्, ‘हाम्रो वातावरणमा प्रदुषणको स्तर पक्कै पनि धेरै छ तर कुनै प्रकारको संकट भने छैन । प्रदुषणको स्तर १२०–१५० को रेन्जमा छैन । मानिसहरुलाई घर बाहिर निस्कँदा मास्क लगाउन आग्रह गर्छौं ।’

ग्रीनपीसको थाइल्याण्डका निर्देशक तारा बुआकामस्रीले प्रदुषणको यो स्तरलाई कम गर्नका लागि तुरुन्त कदम उठाउनुपर्ने धारणा राख्छन् । उनले उदाहरण दिँदै भनेका छन्, ‘सडकमा दौडिरहेका कारको संख्या कम गर्नुपर्छ र अत्यधिक जोखिम भएका इलाकामा स्कूल बन्द गर्नुपर्छ ।’

रासायनिक तरिकाले बनाइन्छ बादलः

कृत्रिम बादल बनाउनका लागि सिल्भर आयोडाइड, ड्राइ आइस र नुनको प्रयोग गरिन्छ । वायुमण्डलमा भएका बादललाई यी कृत्रिम बादलले थप सघन (कन्डेन्डस्) गराउँछ जसले वर्षको सम्भावना बढाउँछ ।

दक्षिण कोरियामा पनि रेकर्ड स्तरमा प्रदुषणः

योनहाप न्यूज एजेन्सीका अनुसार राजधानी सियोलमा प्रदुषण १९४ एमसीएम दर्ता गरियो, सन् २०१५ पछि यो सबैभन्दा धेरै हो । सरकारले ताप विद्युत गृहलाई ८० प्रतिशत कम काम गर्न आदेश दिएको  छ । यस्तै, सियोलमा २.२७ टनभन्दा बढी तौल भएका डिजेल गाडीको प्रवेशमा रोक लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप