बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मन्त्रीले सचिव कुट्नु अपराध हो : जोशी

बुधबार, ०२ माघ २०७५, १२ : २१
बुधबार, ०२ माघ २०७५

धनुषा । काँग्रेस नेता नविन्द्रराज जोशीले प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिटको घटना आपत्तिजनक रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन धनुषाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेसका केन्द्रीय सदस्य समेत रहेको जोशीले कर्मचारीलाई कुट्दैमा संघीयता सफल नहुने बताए । उनले संघीयतालाई धरापमा पार्न प्रदेश र संघीय सरकार लागिपरेको बताए । 

‘प्रदेश सरकार दमनकारी मानसिकताबाट प्रताडित भएको छ । सचिव झालाई कुट्नु अपराध हो । उनले जे जस्ता कुरा गरेपनि कुट्नु त अपराध नै हो,’ नेता जोशीले भने । 

उनले संविधानले आम नागरिकको स्वाभिमान, व्यक्तिगत भावनाको कदर र व्यक्तिको सुरक्षा गर्नुपर्नेमा सचिव जस्ता कर्मचारीलाई मन्त्रीले कुटेर दमन, अपहेलना, अपमान र संविधानको मर्म बिपरित भएको दावी गरे ।

उनले संघदेखि प्रदेश सरकार समेत मनोमानी ढङ्गले मिडियालाई आफ्नो नियन्त्रणमा लिन विभिन्न हत्कण्डा अपनाउन लागि परेको आरोप समेत लगाए । नेता जोशीले काँग्रेस नेताका नाममा रहेका अस्पतालको नाम परिवर्तन गरिए सरकारविरुद्ध कडा प्रतिवाद गर्ने जनाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप