शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थर परिवर्तन गर्नेबारे दीपिका भन्छिन्, ‘किन परिवर्तन गर्नु ? पहिचान बनाउन कडा मेहनत गरेकी छु’

बुधबार, ०२ माघ २०७५, १२ : ५८
बुधबार, ०२ माघ २०७५

गत वर्ष थुप्रै सेलिब्रिटीले विवाह गरे तर दीपिका पादुकोण–रणवीर सिंह, सोनम–आनन्द अहुजा र प्रियंका–निक जोनसको विवाह सर्वाधिक चर्चामा रह्यो । विवाहपछि सोनम कपुरले आफ्नो नाम सोनम के अहुजा र प्रियंका चोपडाले आफ्नो नाम प्रियंका चोपडा जोनस बनाएकी छिन् । अब दीपिकाले आफ्नो नाम कहिले परिवर्तन गर्छिन् भनेर प्रशंसकहरुले प्रतिक्षा गरिरहेका छन् ।

कहिले पनि सोचिनँ यसबारेः

हालै जब दीपिकालाई विवाहपछि उनलाई दीपिका पादुकोण भवनानी वा दीपिका पादुकोण सिंह, के भन्ने भनेर सोधियो । यसमा उनले भनिन्, ‘मैले र रणबीरले कहिले पनि योबारे कुरा गरेका छैनौं । हामीले यसबारे कहिले पनि सोचेका छैनौं ।’

‘सायद यो महत्वपूर्ण छैन । आखिर किन परिवर्तन गर्नु ? मैले फिल्मी क्षेत्रमा आफ्नो नाम स्थापित गर्न निकै मेहनत गरेकी छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप