शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोहलपुरमा गोली चल्यो, एक जना घाइते

बुधबार, ०२ माघ २०७५, १३ : ५९
बुधबार, ०२ माघ २०७५

काठमाडौं– कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ गर्ने क्रममा बाँकेको कोहलपुर एरियामा प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोली लागेर बाँकेको राप्ती सोनारी गाउँपालिका स्थायी घर भएका युवराज गिरी घाइते भएको प्रदेश नम्बर–५ का प्रमुख (डिआईजी) पिताम्बर अधिकारीले जानकारी दिए । 

ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेश बहादुर सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले अभियुक्त गिरीलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको बताइएको छ । २१ वर्षीय गिरीको बाँया खुट्टामा गोली लागेको छ । 

पुस २६ गते प्रहरी सहायक निरीक्षक (असई) को परिक्षामा सहभागी हुन आएका सुर्खेतका दिपक सिंहको कोहलपुरमा घाटी रेटेर हत्या गरिएको थियो । सिंहको घाँटी रेटेर कर्तव्य गरेको घट्नामा युवाराज गिरी संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेपछी बुधवार उनलाई नियन्त्रणमा लिन खोजेको बताइएको छ ।

हत्यामा संलग्न मुख्य योजनाकार भरत शाहीलाई गए राती सुखेतको पलाँटे बजारबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मुख्य योजनकार शाहीले दीपक सिंहलाई ‘प्रहरीमा जागिर लगाइदिन्छु’ भन्दै उनीसँग डेढ लाख पैसा लिएको र जागिर लगाउन नसकेपछि पैसा माग्ने क्रममा विवाद भएको थियो ।

सोही विवादपछि भरतले युवराज गिरीको सहयोगमा सिंहलाई घाँटी रेटेर, चुप्पी प्रहार गर्दै विभत्स तरिकाले हत्या गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप