बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पहिचान ‘मागेर या बिन्ती चढाएर’ पाइँदैन : अध्यक्ष प्रचण्ड

बुधबार, ०२ माघ २०७५, १५ : ०६
बुधबार, ०२ माघ २०७५

धादिङबेँसी–  पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले कुनै पनि जातीय भाषीले आप्mनो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने धारणा व्यक्त गरेका छन् ।

लिःल फङ (घले समाज) केन्द्रीय समितिले आज धादिङ बेँसीमा आयोजना गरेको हो (मृर्गवर्ग) ल्होसार कार्यक्रममा उनले घले जातिलाई आदिवासीमा सुसूचित गराउन आफूले सक्दो प्रयास गर्ने विश्वास दिलाए । पूर्व प्रधानमन्त्री प्रचण्डले घले जातिको आफ्नै परम्परा, संस्कृति, वेशभूषा, मौलिकता, भाषा र खानपान भएर पनि आदिवासीमा सुसूचित नभएकोमा आफूहरूको केही न केही गल्ती भएको स्वीकार गरे ।

पूर्व गृहमन्त्री बुद्धिमान तामाङले धादिङमा पनि ठाउँठाउँमा घलेले राज्य गरेको तर त्यसको कुनै लिखित इतिहास नभएको बताए । उनले घलेले आफ्नो पहिचान जोगाउन आफैँ जागरुक हुनुपर्ने विचार व्यक्त गरे। कार्यक्रममा सहभागीलाई भेँडाको मासुलगायत घले खाना दुना र टपरीमा राखेर खुवाइएको थियो । ल्होसारमा १६ राष्ट्र र नेपालका ३६ जिल्लाबाट सहभागी भएका थिए । पुछार बजारबाट झाँकीसहित निकालिएको ¥याली खुलामञ्चमा पुगेर सभामा परिणत भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप