शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म निर्माण गर्दै दीपक मनाङ्गे

बुधबार, ०२ माघ २०७५, १५ : १३
बुधबार, ०२ माघ २०७५

काठमाडौं – प्रदेश न ४ मनाङ ‘ख’ का विजयी सांसद राजिव गुरुङ ‘दीपक मनाङ्गे’ फिल्म निर्माणमा आउने भएका छन् । उनले शिशिर राणालाई निर्देशकको रुपमा लिएर फिल्म बनाउन लागेका हुन् ।  बुधबार मनाङ्गेसहित उनको निर्माण टिमका अन्य साथीले आफुले बनाउने फिल्मका लागि निर्देशकको रुपमा शिशिर राणलाई चयन गरेका छन् ।

नाम जुर्न बाँकी फिल्म रेड वर्ड प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको हो । श्यामबहादुर थापाको प्रस्तुति रहने फिल्ममा कार्यकारी निर्माता रघु परियार र किरण नेपाली रहने छन् । विवाहित दम्पतीको प्रेमकथा बन्न लागेको फिल्मको एक गीत रेकर्ड भइसकेको छ । फिल्मका लागि छिट्टै कलाकार पनि ढुङ्गो लाग्ने निर्देशक शिशिर राणाले बताए ।

आगामी चैत अन्तिम साताबाट छायाँकन जाने बताइएको फिल्म छायाँकन पूर्व एक कार्यक्रम सहित घोषणा हुने निर्देशक राणाले जानकारी गराए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप