शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले भन्यो : वाइडबडीमा देउवाको संलग्नता छैन, डा.केसी एक्ला छैनन्

बुधबार, ०२ माघ २०७५, १८ : १२
बुधबार, ०२ माघ २०७५

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वाइडबडी प्रकरण पार्टी सभापति शेरबहादुर देउवाको नाम जोडिएकोप्रति आपत्ति जनाएको छ ।  साथै वाईडवडी विमान खरिद प्रकरणमा राजनीतिक पूर्वाग्रहविना तथ्यगत आधारमा अध्ययन गर्ने सरकारको ध्यानाकर्षण गराएको छ । 

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर वाइडबडी खरिद प्रकरणमा देउवाको संलग्नता नरहेको दाबी गरेको हो ।  विमान खरिद प्रक्रिया सुरु हुँदा प्रधानमन्त्रीमा केपी शर्मा ओली नै रहेको भन्दै कांग्रेसले खरिदको प्रारम्भिक प्रक्रियादेखि तात्कालीन नेतृत्वको विवरण सार्वजनिक गर्दै सभापति देउवाको संलग्नता नरहेको स्पष्ट पारेको छ ।

सम्मेलमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘विमान खरिद प्रक्रियाको सुरुवाती चरणमा केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँकै पालमा वाइडबडी खरिद उपसमिति गठन भएको हो । त्यसपछिका धेरैका पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा भएका छन् । विमान आउँदा पनि केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ ।’ 

पार्टी सभापति देउवा भर्खर प्रधानमन्त्री भएको बेला १९ वटा मन्त्रालयको सम्हालेको भन्दै मन्त्रिपरिषद विस्तार नहुँदै नेपाल वायु सेवा निगम सञ्चालक समितिले हतार हतार निर्णय गर्नुमा आशंका रहेको उनको भनाई छ ।

‘मन्त्रिपरिषद् विस्तार नहुँदै निगम सञ्चालक समितिले हतार हतार निर्णय गरेका छ । जसमा निगम सञ्चालक समितिको बोर्ड बैठकले मुद्रा सटहीका लागि अनुरोधको निर्णय गरेको थियो, उनले भने, ‘क्याबिनेटस्तरीय वा प्रधानमन्त्रीस्तरीय कुनै पनि निर्णय भएको छैन ।’

कांग्रेसले विमान खरिद प्रकरणबारे तथ्यको जग्मा सत्यमा गुग्ने गरि छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह पनि गरेको छ ।  ‘आग्रह, दबाव र प्रभावबाट मुक्त रहेर छानविन हुनुपर्छ’ प्रवक्ता शर्माले भने, ‘यसमा हामी सहयोग गर्छौ र दबाव पनि दिन्छौं ।’ 

नेपाली कांग्रेस वाइडबडी विमान खरिद प्रकरणमा कांग्रेस सभापति देउवा पनि संलग्न रहेको समाचार सार्वजनिक भएको थियो ।  पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीले पूर्वमन्त्रीलाई दोषी भए पूर्वप्रधानमन्त्री पनि दोषी हुने तर्क गरेका थिए । छानविन गर्दै जाँदा पूर्वप्रधानमन्त्री पनि तानिने संकेत देखिँदै गएको छ ।

केसी एक्ला छैनन्
कांग्रेसले अनसनरत डाक्टर केसीको स्वास्थ्य स्थिति बिग्रदै गएप्रति चिन्ता व्यक्त गरेको छ । डा. केसी अनसन बनेको ८ दिनसम्म सरकार ‘संवेदना शून्य’ देखिएको भन्दै उसले आपत्ति जनाएको हो । प्रवक्ता शर्माले डा.केसीलाई एउटा व्यक्ति भनेर अबमूल्यन नगर्न सरकारलाई चेतावनी समेत दिए । 

उनले भने, ‘तत्कालै सहमतिमा फर्कने या चौतर्फी दबाव पर्खने सम्माननीय प्रधानमन्त्रीका सामुन्ने दुईवटा विकल्प छन् । यस विषयलाई गम्भीरतापूर्वक लिन सरकारललाई हार्दिक अपिल गर्न चाहन्छौ ।ं’  डा. केसीका मागमा प्रधामन्त्रीको दोहोरो चरित्रका कारण समस्या सिर्जना भएको प्रवक्ता शर्माको भनाई छ ।

‘प्रधानमन्त्री स्वयम्को अग्रसरतामा डा.केसीसँग पछिल्लो सम्झौता भएको थियो । तर, संसदको शिक्षा तथा स्वास्थ्य समितिमार्फत त्यो खण्डित हुन पुग्यो । प्रधानमन्त्रीकै अग्रसरता र वचनको सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन हुन सक्दैन भने त्यो अत्यन्तै दुःखद र दूर्भाग्यपूर्ण छ’ काँग्रेसले भनेको छ । 

प्रवक्ता शर्माले डाक्टर केसीले उठाएका मागलाई सत्ता र प्रतिपक्षको भिन्न भिन्न आँखाले नहेरेर राष्ट्रिय एकताको भावका साथ समस्याको निकासमा पुग्न सरकारलाई आग्रह गरे । 

नेविसंघ माघ १० गतेसम्म यथावत

साथै काँग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिलाई माघ १० गतेसम्मका यथावत राखेको छ । विधान तह आज (बुधबार) रातिबाट नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमिति  स्वतः विघटन हुन्छ । तर, पार्टीले नेविसंघबारे अर्को निर्णय नहुँदासम्म नेतृत्वविहिन हुन नमिल्ने भन्दै माघ १० गतेसम्मका लागि यथावत राखेको प्रवक्ता शर्माले बताए ।

‘नेविसंघबारे अर्को निर्णय नहुँदासम्म नेतृत्वविहिन हुन मिल्दैन । नेविसंघ अर्को टुंगो नहुँदासम्म केन्द्रीय कार्य समितिविहीन पनि हुन मिल्दैन । त्यसकारण हामीले माघ १० गते बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेबमोजिम हुने गरी नेविसंघको केन्द्रीय कार्यसमितिलाई यथावत राख्ने निष्कर्ष निकालेका छौं ।’ 

गत भदौ २ गते वर्तमान कार्यसमितिको कार्यकाल समाप्त पनि विधानतह नेविसंघको कार्यकाल ३ महनिा थप गरिएको थियो । उक्त समयावधिमा पनि महाधिवशेन सम्पन्न गर्न नसकेपछि गत मंसिर २ गते काँग्रेसले विधान परिमार्जन गरेर नेविसंघको म्याद माघ २ गते सम्मका लागि थप गरेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप