माघ ४ गते अल्फा बिटा अष्ट्रेलिया एजुकेसन फेयर हुने
काठमाडौं–अल्फा बिटाले माघ ४ गते अष्ट्रेलिया एजुकेसन फेयर गर्ने भएको छ ।
अष्ट्रेलिया अध्ययन गर्न नेपाली विद्यार्थीहरुको आकर्षण बढिरहेको बेला अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजहरुका आधिकारिक प्रतिनिधिसहित एकै ठाउँमा विद्यार्थी र अभिभाकलाई सूचना दिने उद्देश्यले मेला आयोजना गर्न लागेको अल्फाबिटाका प्रेसिडेन्ट द्विराज शर्माले जानकारी दिए ।
मेलामा अष्ट्रेलियाका २५ वटा उत्कृष्ट विश्वविद्यालय तथा कलेजहरुको सहभागिता हुनुका साथै विद्यार्थीहरुले अष्ट्रेलियाको शैक्षिक प्रणाली, विश्वविद्यालय, पढाई हुने कोर्षलगाएतका विषयमा सहि सुचना पाउँनेछन् ।
सहभागि विद्यार्थीहरुले अल्फा बिटाले उपलब्ध गराउने सेवाहरु आइइएलटिएस, पिटिइ, टोफल लगाएतका तयारी कक्षामा ५० प्रतिशत छुट पाउने ब्यवस्था गरिनुका साथै प्रत्येक घण्टा लक्की विनर घोषणा हुनेछ । मेलामा एक हजार पाँच सय देखि दुइ हजार विद्यार्थी सहभागि हुने अपेक्षा छ ।
अल्फा बिटाले अष्ट्रेलिया सहित विश्वका १४ राष्ट्रका २७० भन्दा बढी उत्कृष्ट विश्वविद्यालय तथा कलेजका लागि परामर्श उपलब्ध गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै