बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शारीरिक सुगठनको विश्वकपका लागि नेपालमा पहिलो पटक ‘प्रो क्वालिफायर’ हुँदै

बुधबार, ०२ माघ २०७५, २१ : २१
बुधबार, ०२ माघ २०७५

काठमाडौं– शारीरिक सुगठनको विश्वकप मानिने ‘मिस्टर ओलम्पिया’ का लागि नेपालमा पहिलो पटक ‘प्रो क्वालिफायर’ को आयोजना हुने भएको छ ।  

आइएफबीबी लिग नेपालको आयोजना हुने प्रतियोगितालाई ‘आइएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ ( प्रो क्वालिफायर)’ नाम दिइएको बुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । 

 प्रतियोगिता काठमाडौंको ‘एकेडेमी हल’ मा फागुन ३–४ गते आयोजना हुने जनाइएको छ । 

प्रतियोगितामा सहभागी खेलाडीले ४ वटा क्याटागोरीमा ‘प्रो कार्ड’ जित्न प्रतिस्पर्धा गर्नेछन् । 

जसमा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’ ‘मेन्स बडिबिल्डिङ,’ र महिलातर्फको ‘ओमन फिजिक’मा ‘प्रो कार्ड’ तय गरिएको छ । 

प्रतियोगितामा भाग लिन अमेरिका, बेलायत, फ्रान्स, इटाली, चीन, जापान, रुस, भारत, साउदी अरेबिया, पाकिस्तान, बंगलादेशलगायत २० भन्दा बढी राष्ट्रका १०० बढी खेलाडी नेपाल आउने जनाइएको छ । 

‘मिस्टर ओलम्पिया’ हरेक वर्ष अंग्रेजी महिनाको सेप्टेम्बरमा अमेरिकाको लस भेगासमा आयोजना हुने गर्दछ । प्रतियोगितामा भाग लिनका लागि ‘प्रो क्वालिफायर’ खेली ‘प्रो कार्ड’ जित्नै पर्ने बाध्यात्मक नियम रहेको आइएफबिबि लिग नेपालका अध्यक्ष सानु गुरुङले जानकारी दिए । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप