मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा प्रहरी हवल्दारमाथि गोली प्रहार

बुधबार, ०२ माघ २०७५, २२ : १६
बुधबार, ०२ माघ २०७५

सप्तरी–सप्तरीको खड्ग नगरपालिकाको बिसनपुरा चोकमा  एक प्रहरी हवल्दारमाथि गोली प्रहार भएको छ । बुधबार साँझ प्रहरी हवल्दार महेन्द्र सतरामाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरि पालले रातोपाटीलाई जानकारी दिए । 

विसनपुरस्थित पूर्वपश्चिम राजमार्ग छेउछाउमा सञ्चालित भट्टी पसल बन्द गराउने क्रममा उनीमाथि मोटरसाइकलमा दुई जनाको संख्यामा आएका बन्दुकधारीले गोली प्रहार गरेको बताइएको छ । 
उनको पिठ्यूमा गोली लागेको छ भने उपचारका लागि विरानगर पठाइएको छ । 

 घाइते हवल्दार लक्ष्मीपुर प्रहरी चौकीमा दरबन्दी भई हाल विष्णपुरमा कार्यरत रहेको बताइएको छ । 

प्रहरीले घटनामा संलग्नलाई नियन्त्रणमा लिन सबै नाकाहरु सिल गरेर खोजी कार्य तीब्र पारेको डीआईजी पालले जानकारी दिए । 

घटनास्थलबाट प्रगतिशील तराई मुक्ति मोर्चाको पर्चा भेटिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप