मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

होसियार ! सामान्य रुघाखोकीले लिन सक्छ ज्यान

बिहीबार, ०३ माघ २०७५, ०६ : ३४
बिहीबार, ०३ माघ २०७५

काठमाडौँ – खोकी लागिरहेको छ ? ३८ डीग्री सेल्सियसभन्दा बढी ज्वरोका साथै घाँटी पनि दुखेका व्यक्ति भेटिए अलि टाढै रहनुस् । चिकित्सकहरुको सुझाव छ – ‘भरसक हात नमिलाउनुस् । नमस्कार गर्नुहोस् ।’

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । श्वासप्रश्वास प्रणालीमा भाइरसबाट लाग्ने संक्रामक रोग (मौसमी रुघाखोकी) का बिरामी अस्पतालमा आउने क्रम बढेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गत मंसीरदेखि पुस २६ सम्म ३ सय ३४ जना बिरामीको घाँटीको ¥याल परीक्षण गर्दा १ सय ६८ जनामा एन्फ्लुएन्जा पाइएको थियो ।

खोक्दा वा हाच्छिउँ गर्दा यो रुघाखोकी एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ । सुरुमा सामान्य रुघाखोकी जस्तो देखिएपनि रोग प्रतिरोधात्मक क्षमता बढी भएका आफैं निको हुने चिकित्सक बताउँछन् । प्रतिरोधात्मक क्षमता न्यून भएका बालबालिका र ज्येष्ठ नागरिकमा भने जटिलता देखिन सक्छ । जोखिम बढी भएका व्यक्तिको मृत्यु हुने सम्भावना पनि बढी हुन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप