शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्राध्यापकले कुमारी युवतीलाई बोतलको सिलसँग तुलना गरेपछि बबाल

बिहीबार, ०३ माघ २०७५, १० : ३७
बिहीबार, ०३ माघ २०७५

बीबीसी

भारतको जादवपुर विश्वविद्यालय प्रशासनले बुधबार कथित रुपमा फेसबुकमा महिलाविरुद्ध अश्लिल टिप्पणी गर्ने प्राध्यापक कनक सरकारलाई विश्वविद्यालय परिसरमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।

विश्वविद्यालय प्रशासनले इन्टरनेशनल रिलेसन्स डिपार्टमेन्टमा पढाउने प्राध्यापक सरकारमाथि लागेको आरोपको अनुसन्धान सुरु गर्दै उनलाई पढाउन प्रतिबन्ध लगाएको छ ।

विश्वविद्यालयका भाइस चान्सलर सुरन्जन दासले यसबारे भने, ‘प्राध्यापक सरकारको फेसबुक कमेन्ट मामलामा तीन भिन्न–भिन्न अनुसन्धान सुरु गरिएको छ । यो अनुसन्धान पूरा नहुञ्जेल उनलाई विश्वविद्यालय परिसरमा प्रवेशको रोक लगाइएको छ । अनुसन्धान पूरा नभएसम्म पढाउन पनि पाउने छैनन् ।’

यो मामलामा एक विभागीय जाँचबाहेक पश्चिम बंगाल राज्य महिला आयोग र राष्ट्रिय महिला आयोगले यसबारे अनुसन्धान गर्नेछ ।

यसअघि बुधबार नै सम्बन्धित विभागका छात्र–शिक्षक समितिले एक बैठकमा प्राध्यापक सरकारविरुद्ध कारवाहीको विषयमा चर्चा गरे ।

घटना के हो ?

पछिल्लो दुई दशकदेखि अध्यापन गराइरहेका प्राध्यापकले आइतबार आफ्नो फेसबुकमा कुमारी युवतीलाई सिल गरिएको बोतलसँग तुलना गरेका छन् । उनले लेखेका थिए, ‘धेरैजसो युवाहरु अहिलेसम्म मूर्खको मूर्खै छन् । उनीहरु कुमारी युवतीलाई श्रीमतीको रुपमा छान्नका लागि अहिलेसम्म जागरुक छैनन् । कुमारी युवती सील बन्द गरिएको बोतल वा सील बन्द गरिएको प्याकेटजस्ता हुन्छन् । के तपाईं सिल खोलिएका कोल्ड–ड्रिङ्क्सको बोतल वा सील खोलिएको बिस्कुटको प्याकेट खरिद गर्न चाहनुहुन्छ ?’

फेसबुकमा लेखिएको यो पोष्टमा प्राध्यापक सरकार थप्छन्, ‘एक युवती जैविक रुपमा सिल बन्द नै हुन्छन् । एक कुमारी युवतीले आफूसँग मूल्य, संस्कार र यौनिक स्वच्छतालाई आत्मसात गरेकी हुन्छिन् ।’

यद्यपी, उनको यो पोष्ट सोसल मिडियामा भाइरल भएपछि उनले आफ्नो कमेन्ट डिलिट गरेका छन् ।

प्राध्यापक सरकारले आफ्नो फेसबुक पोष्टको समर्थनमा बीबीसीसँगको कुराकानीमा यसो भने, ‘मैले त्यो पोष्ट एक नीजि फेसबुक ग्रुपमा हल्का–फुल्का तरिकाले लेखेको थिएँ र पोष्टको विषयमा बबाल सुरु भएपछि मैले त्यो पोष्ट डिलिट गरिदिएँ ।’

उनी थप्छन्, ‘सबैलाई झैं मलाई पनि स्वतन्त्र अभिव्यक्तिको अधिकार छ । सामाजिक मूल्य मान्यताबारे लामो बहस चलिरहेको थियो र यो पोष्ट त्यसैको एक हिस्सा थियो । यसअघि मैले पुरुषका लागि पनि लेखेको थिएँ । यो कमेन्टलाई त्यो पूरा कुराकानीको एक हिस्साको रुपमा हेर्नुपर्छ । तर परिवार भड्किरहेका छन् र धेरैजसो विवाह सामाजिक मूल्यको कमीका कारण टुटिरहेको छ भन्ने  वास्तविकतालाई नजरअन्दाज गर्न सकिँदैन ।’

प्राध्यापक सरकारकी एक छात्राले भनिन्, ‘के हामी मिनरल वाटरको बोतल हौं कि अरु केही हौं ? भगवानले हामीलाई कुनै सीलसहित पठाएका छैनन् । के उनलाई मौलिक जीव–विज्ञानबारे थाहा छ ? के उनलाई थाहा छ कि हाम्रो सिल निकै कम उमेरमा नै विभिन्न कारणसहित टुट्न सक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप