बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाको तापक्रमले रेकर्ड तोड्यो, गर्मी अझै बढ्न सक्ने चेतावनी दिँदै घरभित्रै बस्न सुझाइयो

बिहीबार, ०३ माघ २०७५, १३ : २२
बिहीबार, ०३ माघ २०७५

द गार्डियन

अष्ट्रेलियामा लगातार रुपमा तापक्रम बढ्दो छ । अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित ९ राज्यमा बुधबार अत्यधिक तापक्रम मापन गरिएको मौसम विज्ञान विभागले बताएको छ ।

दक्षिण अष्ट्रेलियामा गर्मीका कारण १६ जना अस्पतालका आपत्कालीन सेवामा उपचाररत छन् । यीमध्ये सातजनालाई थप उपचारका लागि भर्ना गरिएको छ । 

ह्वाइटक्लिफमा बुधबार दिउँसो साढे तीन बजेअघि ४८.२ डिग्री सेल्सियस तापक्रम मापन गरियो जुन अहिलेसम्मको सबैभन्दा बढी हो ।

विल्कानिया, मेनिन्डी र इभान्होईमा बिहिबार ४८ डिग्री तापक्रम मापन गरिएको छ ।

यस्तै, एनएसडब्ल्यू–भिक्टोरिया तटीय इलाका अल्बरी र वुडुङ्गामा तापक्रम ४५.३ डिग्री सेल्सियस रह्यो ।

मौसम विज्ञान विभागले बिहिबार पछिल्ला २४ घण्टाका यी आँकडाबारे पुष्टि गर्दै तापक्रम थप वृद्धि हुने सम्भावना रहेको बताए ।

‘अल्बरी–वुडुङ्गामा हिजो ४३.३ डिग्री सेल्सियस तापक्रम रह्यो जुन ३० वर्ष यताको सबैभन्दा उच्च हो,’ वरिष्ठ मौसमविद् रोड डिक्सनले भने ।

‘मिलाएर भन्नुपर्दा हिजो उत्तरको तापक्रम ४५ देखि ४६ डिग्रीको बीचमा रह्यो जहाँ कतिपय स्थानमा अत्यधिक गर्मी पनि भयो,’ डिकसनले भने ।

तर राती भने तापक्रम २७ डिग्री रहेको थियो ।

सिड्नीको पश्चिममा शुक्रबार तापक्रम ४५ डिग्री पुग्ने बताइएको छ भने शनिबार केही राहत हुने अनुमान गरिएको छ ।

अत्याधिक गर्मी बढेपछि सरकारले जरुरी काम बाहेक नागरिकलाई बाहिर ननिस्कन आग्रह गरेको छ ।  अघिल्लो २४ घण्टाको तथ्याङ्कलाई आधार मान्दै तापक्रम थप बढ्न सक्ने भन्दै नागरिकलाई सचेत गराइएको छ । 

अधिकारीहरुले नागरिकलाई बढी सचेत हुन र घरभित्रै रहन आग्रह गरेका छन् । उनीहरुले प्रशस्त मात्रामा पानी पिउन र अत्यधिक गर्मीमा शारीरिक काम कम गर्न पनि सुझाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप