मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

लक्ष्मी बैंक र नेपाल एग्रिबिजिनेश इन्नोभेसनबीच सम्झौता, बैंकिङ च्यानेल मार्फत् एग्रि–एसएमइहरुका लागि वित्तीय सहयोग प्रदान गरिने

बिहीबार, ०३ माघ २०७५, १६ : ३०
बिहीबार, ०३ माघ २०७५

काठमाडौं–कृषि क्षेत्रमा वित्तीय पहुँचलाई सुदृढ बनाउने उद्देश्य सहित लक्ष्मी बैंक तथा नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टरबीच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापछि बैंकिङ च्यानल मार्फत् एग्रि–स्टार्ट अपहरु तथा एग्रि–एसएमइहरुका लागि वित्तीय सहयोग प्रदान गर्नेछ । नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टर कृषि व्यवसायको लागि सल्लाह तथा परामर्श सम्बन्धी सेवा प्रदान गर्दै आएको संस्था हो ।

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टरका प्रतिनिधीबीच सो सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । 

सम्झौता अन्तर्गत सहयोगका प्रमुख क्षेत्रहरु सूचना तथा अनुभवको आदानप्रदान, नेटवर्कमा पहुँच, संयुक्त रुपमा परियोजनाको विकास लगायत समान उद्देश्यका अन्य क्षेत्रहरु रहेका छन् । लक्ष्मी बैंक नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टरको संस्थागत सदस्य पनि हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप