मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

महेश भट्टले भाग्य चम्काइदिएका ५ अभिनेत्री

बिहीबार, ०३ माघ २०७५, १७ : १२
बिहीबार, ०३ माघ २०७५

मुम्बई – महेश भट्ट बलिउडका यस्ता फिल्म मेकर हुन् । जसको हरेक फिल्म चर्चामा रहेकै हुन्छ । कम पैसामा बने पनि उनका फिल्मले बढी आम्दानी गर्ने गर्दछ । उनी बलिउडमा नयाँ अनुहार भित्र्याउनेमा समेत अगाडि छन् । भट्टले जुनजुन अभिनेत्रीलाई बलिउडमा मौका दिएका छन् ती सबै अभिनेत्रीले सफल चुमेका छन् । 

अनु अग्रवाल
‘आशिकी’की अभिनेत्री अनु अग्रवालको १९९० मा यो फिल्म रिलिज भएको थियो । यो फिल्मलाई दर्शकले निकै रुचाए । यो पछि उनलाई निकै फिल्मका अफरहरु आए । अभिनय करियर सफलताको उचाईमा रहँदा हुँदै १९९९मा उनको कार दुर्घटनामा मृत्यु भयो । 

सन्नी लियोनी 
पूर्वपोर्नस्टार सन्नी लियोनीलाई महेशले फिल्म ‘जिस्म २’बाट बलिउड भित्र्याए । अहिले सन्नीले निकै फिल्म अभिनय गरिसकेकी छन् । तर पनि उनको परिचय यो फिल्ममा दिएको बोल्ड सिनको कारणले हुने गरेको छ । 

कंगना रनौत
कंगनाले २००६मा आएको फिल्म ‘ग्याङ्स्टार’बाट अभिनय करियर सुरु गरेकी हुन् । कंगना आज बलिउडकी क्वीन हुन् । उनी आफ्नो बिन्दास स्वभावले पनि परिचित छिन् । उनले भट्ट क्याम्पको कयौँ फिल्ममा समेत काम गरेकी छन् । 
 
विपाशा बासु 
विपाशालाई पनि महेश भट्टले नै फिल्ममा भित्र्याएका थिए । उनले २००१ को फिल्म ‘अजनवी’बाट डेब्यु गरेकी हुन् । तर उनी हिट भने २००२ को फिल्म ‘राज‘ र ‘जिस्म’बाट भइन् । 
 
पूजा भट्ट 
पूजाले १९८९ मा निर्माण भएको फिल्म ‘ड्याडी’बाट अभिनयमा डेब्यु गरेकी हुन् । सो समय उनी १८ बर्षकी मात्र थिइन् । त्यसपछि लगातार उनले ‘चाहत’, ‘सडक’, ‘जख्म’ जस्ता कयौ हिट फिल्ममा काम गरिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप