स्वास्थ्य मन्त्रालयले सिंगो प्रणालीलाई धरासायी बनाउने प्रस्ताव ल्यायो : हेल्थ असिस्टेन्ट संघ
काठमाडौं- हेल्थ असिस्टेन्ट संघ नेपालले कर्मचारी समायोजनको लागि स्वास्थ्य मन्त्रालयले गरेको प्रस्तावप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिंगो स्वास्थ्य सेवा प्रणालीलाई नै धरासायी बनाउने गरि मन्त्रालयबाट प्रस्तावित दरबन्दी संरचनाले कर्मचारीबीच मनमुटाव हुनुको साथै स्वास्थ्य सेवा प्रवाहमा नै गम्भीर असर पर्ने भन्दै संघले त्यसको विरोध गरेको छ ।
विहिबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी संघले स्वास्थ्य सेवाजस्तो अति संवेदनशील क्षेत्रमा शैक्षिक योग्यता र लोकसेवाको प्रक्रियाका आधारमा कर्मचारीको पद र जिम्मेवारी तोक्न माग गरेको छ ।
संघले स्थानीय तहमा कर्मचारी खटाउँदा वा समायोजन गर्दा तहगत रुपमा नभई जिम्मेवारी तथा कार्य प्रकृति हेरी वरिष्ठता क्रममा असर नपर्ने गरि जिम्मेवारी दिन पनि मन्त्रालयको ध्यानाकर्षण गराएको छ । उसले स्थानीय तहको लागि प्रस्तावित संगठन संरचनामा शाखा र उपशाखा तथा इकाई प्रमुख पदीय जेष्ठता र शैक्षिक योग्यताको आधारमा हुनुपर्ने माग पनि अघि सारेको छ ।
कर्मचारी समायोजनका लागि स्वास्थ्य मन्त्रालयले गरेको प्रस्तावको विरोधमा हेल्थ असिस्टेन्ट संघ नेपाल आन्दोलित भएको हो । संघले ९ दिनदेखि मन्त्रालयको कर्मचारी समायोजनको प्रस्तावको विरोधमा विभिन्न कार्यक्रम गर्दे आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
-
भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
-
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा
-
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौँमा
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौं : मन्त्री भण्डारी