बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माघ ७ गते सिए सम्मेलन हुने

बिहीबार, ०३ माघ २०७५, १९ : ४४
बिहीबार, ०३ माघ २०७५

काठमाडौं– नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले सिए सम्मेलन गर्ने भएको छ । एक्यानले बिहिबार पत्रकार सम्मेलन गरेर यही माघ ७ गते काठमाण्डौंमा सिए सम्मेलन २०७५ आयोजना गर्न लागेको  जानकारी गराएको छ । राष्ट्रिय समृद्धिका साझेदार नार सहित एक दिने सम्मेलन आयोजना गर्न लागेको संघका अध्यक्ष आनन्द शर्मा वाग्लेले बताएका हुन् । 

सम्मेलनको उद्घाटन अर्थमन्त्री डा.युवराज खतिवडाले गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा महालेखा परीक्षक, नेपाल राष्ट्र बैंकका गर्भनर, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, नीजि क्षत्रको प्रतिनिधि, बैंकर्स एशोसिएसन लगायतका एक दर्जन व्यक्तिहरुले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।

चाटर्ड एकाउन्टेन्टको योगदानबारे देश र जनतालाई जानकारी गराउँदै आफ्नौ पेशालाई थप मर्यादित बनाउन सम्मेलन सफल हुने आयोजक नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघले बताएको छ ।  मुलुकको लेखा प्रणालीमा सहयोग गर्ने चाटर्ड एकाउन्टेन्टहरु विकास र समृद्धिमा साझेदारको भूमिकामा स्थापित गराउने उद्देश्यले सम्मलेन आयोजना गर्न लागेको संघले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप