३८ क्वीन्टल सुन तस्करी प्रकरण : एसएसपी खत्रीलाई थुनामै राख्न आदेश
विराटनगर- उच्च अदालत विराटनगरले ३८ क्वीन्टल सुन तस्करी अभियोगमा थुनामा रहेका प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्रीलाई थुनामै राख्न आज आदेश दिएको छ ।
उच्च अदालतमा मुख्य न्यायाधीश डा कुलरत्न भुर्तेल र न्यायाधीश जनक पाण्डेको इजलासले प्रहरी वरिष्ठ उपरीक्षक खत्री र नेपाल एयरलायन्सका कर्मचारी अमरमान डङ्गोललाई थुनामै राख्न आदेश दिएको हो ।
खत्रीलाई त्रिभुवन विमानस्थलमा कार्यरत रहँदा चूडामणि उप्रेती (गोरे)को समूहले दुबईबाट भित्र्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट भन्सार छली गरी भित्र्याउने कार्यमा सहयोग गरेको आरोप रहेको छ । यसैगरी डङ्गोलले भने विमानस्थलमा भित्रिएको सुन पास गराउन सहयोग गरेको प्रहरी अभियोगमा खुलेको थियो । जिल्ला अदालत मोरङले डङ्गोललाई गत विसं २०७५ जेठ ८ गते र विसं २०७५ खत्रीलाई जेठ २९ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ वटा मुद्दा लागेका ‘डाँका’ पेस्तोलसहित पक्राउ
-
धरहराको कम्पाउण्ड सिसाको प्रतीक्षालय (तस्बिरहरू)
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा