बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डा केसीलाई नाइटभिजन हेलिकप्टरमा काठमाडौं ल्याइँदै

बिहीबार, ०३ माघ २०७५, २२ : ०१
बिहीबार, ०३ माघ २०७५

काठमाडौं–इलाममा ९ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था  जटिल बन्दै गएपछि उपचारका लागि आजै राती काठमाडौं ल्याइने भएको छ । त्यसका लागि केसी र उनका उनका सहयोगीले सहमति जनाएका छन् । 
स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा इलाम  गएको सरकारी चिकित्सक टोलीको आग्रहमा उनी काठमाडौं आउन राजी भएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।
 उनलाई भद्रपुरसम्म एम्बुलेन्स र त्यहाँबाट नाइट भिजन हेलिकप्टर मार्फत काठमाडौं ल्याउन लागिएको बताइएको छ । 
चिकित्सा शिक्षा विधेयकमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै केसी १६ औं अनसनमा बसेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप