पाँच महिनामा ३७.६ प्रतिशतले सेयर कारोबार घट्दा लगानीकर्ताले कति गुमाए ?
काठमाडौं–चालु आर्थिक वर्षको पाँच महिनामा सेयर कारोबार भने ३७.६ प्रतिशतले ह्रास आएर ६ अर्ब ६३ करोड रुपैयाँमा झरेको छ । गत वर्षको यसै अवधिमा १० अर्ब ६३ करोड रुपैयाँ थियो ।
यो पाँच महिनामा नेप्से सुचकांक २४.४ प्रतिशतले घटिसकेको छ । गत वर्ष १५२०.२ विन्दुमा रहेको नेप्से परिसुचक यो पाँच महिनामा ११४८.८ विन्दुमा सिमित भएको छ ।
यता, पाँच महिनामा साढे १४ अर्ब रुपैयाँ बराबरको सेयर सूचीकृत भएको छ । यसमा ३ अर्ब ५ करोडको आइपिओ, ६ अर्ब बराबरको हकप्रद सेयर र ५ अर्ब ४७ करोड रुपैयाँको बोनस सेयर गरी १४ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर सूचीकृत भएको हो ।
नेपाल स्टक एक्सचेनजमा सूचीकृत सेयरको चुक्ता मूल्य बार्षिक विन्दुगत आधारमा १७.५ प्रतिशतले बृद्धि भएर ३ खर्ब ६३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।
मंसिर मसान्तसम्म नेप्सेमा १९८ कम्पनी सूचीकृत रहेका छन् । जसमा सबैभन्दा बढी बैंक तथा वित्तिय संस्थाको संख्या रहेको छ । १४७ वटा बैंक तथा वित्तिय संस्था रहेका छन् । यसमा बिमा कम्पनी पनि समेटिएको छ । यसले सेयर बजारमा बैंक तथा वित्तिय संस्थाको वर्चस्व रहेको देखाउँछ ।
१८ वटा प्रशोधन तथा उत्पादन उद्योग छन् भने २१ वटा जलविद्युत कम्पनी रहेका छन् । ४ वटा होटल, ४ वटा व्यापारिक संस्था र ४ वटा अन्य समुह रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान