बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : एक्लै आयो ‘गरुड पुराण’

शुक्रबार, ०४ माघ २०७५, १२ : ००
शुक्रबार, ०४ माघ २०७५

 काठमाडौं – फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट एक मात्र फिल्म ‘गुरुण पुराण’ प्रदर्शनमा आएको छ ।  उपत्यका र बाहिर गरेर करिब ९० पर्दामा फिल्म रिलिज भएको निर्देशक सुवास कोइरालाले जानकारी गराए । 

हास्यप्रधान फिल्म ‘गरुड पुराण’ ले सेन्सर बोर्डबाट ‘पिजी सर्टिफिकेट’ पाएको छ । फिल्मले दर्शकलाई दुई घन्टा पूर्णमनोरञ्जन दिने निर्देशक कोइरालाको दाबी रहेको छ ।

‘हलमा फिल्म हेरुन्जेल दर्शक खुब हाँस्दै रमाउने छन्’ निर्देशक कोइरालाले भने,‘यो फिल्ममा ब्यान्ड बाजा बजाउने एउटा समूह र उनीहरुको परिवारले गरेको संघर्षको कथा छ ।’

अभिनेता नाजिर हुसेन, कर्मा, नवअभिनेत्री प्रियंका सिंह, प्रविण खतिवडा, कमल दोवकोटा, सरोज श्रेष्ठ, रश्मी भट्ट सहितको यसमा मुख्य अभिनय फिल्ममा रहेको छ । 

सुसन प्रजापतिको छायांकन, रिनाशा बान्तवा राईको नृत्य, उज्ज्वल ढकालको सम्पादन, गगन श्रेष्ठको निर्माण व्यवस्थापन रहेको फिल्म अजित प्रजापति र अशोक गौतमले निर्माण गरेका हुन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप