बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जीतका बावजुद बार्सा कोपा डेल रेबाट निष्कासित हुनसक्ने

शुक्रबार, ०४ माघ २०७५, १२ : ०६
शुक्रबार, ०४ माघ २०७५

पहिलो लेगमा बेहोरेको २–१ को अप्रत्यासित पराजय उल्टाउँदै बार्सिलोनाले लेभान्तेमाथि कोपा डेल रेमा समग्रमा ४–२ को जीत हासिल गरेको छ । 

दोस्रो लेगमा ३–० को जीत हासिल गर्दै पछिल्लो चार सिजनको विजेता प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

बार्सिलोनाको जीतमा ओसमान डेम्बेलेले दुई तथा लियोनेल मेस्सीले एक गोल गरे । पछिल्ला ५ खेलमा मेस्सीको यो सातौँ गोल हो ।

यद्यपि, पहिलो लेगमा अयोग्य खेलाडीलाई मैदानमा उतारेको आरोपमा बार्सिलोना प्रतियोगिताबाट निष्कासित हुने खतरा बढेको छ ।

बार्सिलोना बी टिमका लागि खेल्दा पहेँलो कार्ड खाएर निलम्बित रहेका डिफेन्डर हुवान ब्रान्डारिजलाई खेलाएको भन्दै लेभान्तेले स्पेनिस फेडरेसनलाई उजुरी गर्ने जनाएको छ ।

यता, बार्सिलोनाले भने गत नोभेम्बरमा गरिएको नियम परिवर्तनको कारण उक्त निलम्बन कोपा डेल रेमा लागु नहुने दाबी गरेको छ ।

सन् २०१५ मा अयोग्य डेनिस चेरसेभलाई मैदानमा उत्रारेको आरोपमा रियल म्याड्रिडलाई प्रतियोगिताबाट निष्कासन गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप