शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्कारपियोमा लुकाएर ल्याएको बहुमुल्य पत्थरसहित ५ जना पक्राउ

शुक्रबार, ०४ माघ २०७५, १४ : ०५
शुक्रबार, ०४ माघ २०७५

काठमाडौं– स्कारपियोमा लुकाएर ल्याएको बहुमुल्य पत्थरसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार मध्यराती जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमलबाट उनहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए । 

पक्राउ पर्नेहरुमा कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेका बा.१९ च ३५७२ नम्बरको स्कारपियोमा सवार सुर्खेतका भीमबहादुर सुनार, नविन कँडेल, सुरेन्द्र शाही, सुर्खेत बराताल बस्ने भक्तबहादुर पाण्डे र तेजेन्द्र बस्नेत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक निरिक्षक (असई) विजय पुनको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ पर्नेहरुका साथबाट स्कारपियोमा लुकाएको अवस्थामा साढे ११ किलोको बहुमूल्य पत्थर बरामद गरेको छ ।

घट्नाबारे थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप