बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकका ग्राहकलाई एमआर डाएगोनस्टिक सेन्टर विराटनगरमा उपचार गराउँदा १५% छुट

शुक्रबार, ०४ माघ २०७५, १५ : ०८
शुक्रबार, ०४ माघ २०७५

काठमाडौं–ग्लोबल आइएमई बैंक र एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरबीच स्वस्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।

बैंकले एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको जनाएको छ ।

उक्त सम्भौतापत्रमा एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरका सञ्चालन निर्देशक डा. सतेन्द्र राउत र ग्लोबल आइएमई बैंक विराटनगरको शाखा प्रबन्धक शशि शेखर शर्माबीच हस्ताक्षर भएको छ ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजनाहरु ल्याईरहेको छ ।

उक्त सम्झौता पश्चात एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर विराटनगरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप