बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभामा प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रम सुरु

शुक्रबार, ०४ माघ २०७५, १५ : २५
शुक्रबार, ०४ माघ २०७५

काठमाडौं– संघीय संसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु गरेको छ । संघीय संसद प्रतिनिधिसभाले शुक्रबारको बैठकबाट प्रतिनिधिसभा सञ्चालन नियमावली २०७५ को परिच्छेद ९ मा भएको व्यवस्था अनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको सुरुवात गरेको हो । सो कार्यक्रम सुरु भएको पहिलो दिन शुक्रबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा १० सांसदले प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न गरेका छन् ।

नियमावलीयको परिच्छेद ९ को नियम ५६ को उपनियम १ मा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो र तेश्रो हप्तामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टा निर्धारण गर्न सक्ने भन्ने व्यवस्था गरिएको छ ।

त्यसका लागि एक घण्टाको समय उपलब्ध गराइने छ । प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रकममा प्रधानमन्त्रीसँग सांसदले प्रतिप्रश्न भने गर्न पाउने छैनन् । शुक्रबार सांसदहरु खगराज अधिकारी, डाक्टर मिनेन्द्र रिजाल, गगन थापा, प्रभु शाह, दिलेन्द्र बडू,  कृष्णभक्त पोख्रेल, चन्दा चौधरी, प्रदिप यादव, रेखा शर्मा, अतह कमाल मुसलमान प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप