शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

५ वर्षदेखी फरार अभियुक्त पक्राउ

शुक्रबार, ०४ माघ २०७५, १६ : १९
शुक्रबार, ०४ माघ २०७५

रौतहट– हातहतियार खरखजाना मुद्धामा सजाय पाएर पाँचबर्ष देखि फरार रहेका एकजना अभियुक्तलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको हरैया गाविस ७ बस्ने बर्ष २७ का अभियुक्त वीरेन्द्र यादवलाई विषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक अनमोल खडकाको नेतृत्वमा गएको टोलीले घरबाट पक्राउ गरेको हो ।

अभियुक्त यादवलाई जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत सजाय भुक्तानीको लागि मलंगवा कारागार पठाइएको रौतहट प्रहरी प्रमुख एसपी केदार ढकालले बताए । २०७० पुस २९ गते जिल्ला प्रशासन कार्यालय सर्लाहीले अभियुक्त यादवलाई हातहतियार खरखजाना मुद्धामा दोषी ठहर गर्दै ४ बर्ष कैदको सजाय तोकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप